४ असार २०८३, बिहिबार | June 18, 2026

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच सम्झौता



काठमाडौ । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् ।

रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५,००० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सक्छन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ ।

बैंकले आफ्ना रेमिटेन्स÷विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्र मार्फत् सबै रेमिटेन्स सम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धि सहयोग समेत प्रदान गर्नेछ ।
साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई भेलाको बारेमा उल्लेख गरे ।  उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा उहाँहरु दुवैले विशेष जोड दिए ।

विदेशबाट फर्किने कामदारहरुका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरु मार्फत् विदेशबाट रकम पठाउनुु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मद्दत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिइयो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : १६ बजे

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि

बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान