४ पुस २०८२, शुक्रबार | December 19, 2025

केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन माधव नेपालको सुझाव



जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् ।

बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी समेत गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसीर १५ गतदेखि सो चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गरे ।

नेपालले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढनका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए । अध्यक्ष नेपालले भने, ‘मैले भन्ने गरेको छु–अव सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिईरहेको छ । यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ ।’

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा समेत राखे । उनले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन भन्ने प्रश्नका सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : ४७ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१