५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानन्यायाधीस विवादबारे गठबन्धन दलहरुसँग छलफल गरी निकास निकाल्छु : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीस विवादबारे छिट्टै निकास निकाल्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनको डेलिगेशनसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको विषयमा जारी विवाद छिट्टै समाधान गर्ने बताएका हुन् ।

देउवाले गठबन्धन दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रतिवद्धता जनाएको नेपाल बारका महासचिव लिलामणि पौडेललेले बताए ।

प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै नेपाल बार लामो समयदेखि आन्दोलनमा उत्रिएको छ भने
न्यायाधीसहरुले समेत लामो समयसम्म इजलास बहिस्कार नै गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले न्यायालयभित्रको विवादबारे आफु गम्भीर रहेको बताएका थिए । देउवाले त्यसक्रममा बारको आन्दोलनबारे जानकार रहेको पनि बताएका थिए ।

बारका पदाधिकारीहरुले प्रधानमन्त्री देउवालाई जबरा बर्हिगमनको विकल्प नभएको बारे जानकारी गराएका छन् । उनीहरुले कार्यपालिका प्रमुखको हैसियतले जबरालाई बर्गिहन गराउने भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ महासचिव पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका वरिष्ठ पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरिहर दाहाल, रमन श्रेष्ठ लगायतका सहभागी भएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : २९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन