१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

देशभर चिसो बढ्यो : तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८।८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २।८ डिग्री रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : २६ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७