९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले १० औं महाधिवेशन : समूहगत मत माग्न प्रतिबन्ध, बन्दसत्र परिसरमा मदिरा पिउन नपाईने (आचारसंहिताको पूर्णपाठ)



चितवन । नेकपा एमालेले जारी १० औँ महाधिवेशनको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता जारी गरिएको छ । महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए । निर्वाचन समितिले एमालेको विधान (२०७८को संशोधन सहित),२०४९को धारा २६(५)(ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता निर्माण गरिएको हो ।

समितिले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले समूहगत रूपमा छुट्टै भेला तथा बैठक गरि मत माग्न प्रतिबन्ध लगाउनुका साथै मतदातालाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र मादक पदार्थको सेवन गरी प्रचार–प्रसार गर्नु गराउन समेत रोक लगाइएको छ । उम्मेदवारले भिजिटिङ कार्ड साइजको प्रचार सामाग्री बाहेक ब्यानर, बोर्ड, पर्चा पम्प्लेट प्रकाशन गर्न र वितरण गर्न पनि आचारसंहिताले प्रतिबन्ध लगाएको छ ।

निर्वाचनमा मत प्रभाव पार्ने नाममा धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख गरिएको छ । यस्तै उम्मेदवार वा महाधिवेशनको कुनै पनि मतदाता वा महाधिवेशनमा संलग्न कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाइएको छ भने मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

आयोगको आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई सुरुमा सचेत गराउने त्यसपछि निर्वाचन स्थलबाट हटाउने देखि निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही हुन सक्ने आचारसंहितामा उल्लेख छ ।

यस्तो छ आचारसंहिता :

 

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : २० बजे

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय