७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमाले बन्दसत्र ८ बजेबाट सुरु हुँदै, ‘पदाधिकारीको टुंगो लागिसक्यो’ : शेरबहादुर तामाङ



चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने जानकारी गराएका छन् ।

तामाङले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताएका छन् ।

‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ’, उनले भने । उनले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताएका छन् । यसका साथै उनले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताएका छन् ।

बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ५७ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२