४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुँदै



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि तयारी अवस्थामा छ’, सुब्बाले सञ्चारकर्मीसँग भने ।

अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा नअटाएकामध्ये अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि एमाले आन्तरिक प्रतिस्पर्धामा होम्मिएको हो ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध हुने लगभग सुनिश्चित भए पनि त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ ।

ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै ओलीको सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको हो ।

यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो ।

निवर्तमान अध्यक्ष ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पदमा अर्याललाई प्रस्ताव गरेका थिए । तर, ओलीको प्रस्तावलाई आचार्य र कार्कीले चुनौती दिए पछि सचिव पदमा प्रतिस्पर्धा हुन लागेको हो ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ५८ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा