२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमाले महाधिवेशन : उपाध्यक्ष र सचिवमा को-को छन् प्रतिस्पर्धी ?



काठमाडौं । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने भएको छ ।

जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका बीचमा प्रतिस्पर्धा हुनेछ । भुसालबाहेक अरु सबै निर्वतमान अध्यक्ष ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरू हुन्, जसमा भुसालले असहमति जनाउँदै उम्मेदवारी दर्ता गराएपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

यसैगरी सात जना सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पदमा अर्याल, भीम आचार्य र टंक कार्कीका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । आचार्य र कार्कीलाई निवर्तमान अध्यक्ष ओलीले नसमेटेपछि दुवैका नयाँ उम्मेदवारीका कारण सचिवमा प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ४० बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच