११ बैशाख २०८१, मंगलबार | April 24, 2024

एमाले महाधिवेशन : प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध, प्रदेश-२ का सबै नौ जना विजयी हुने



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचनाअनुसार प्रदेश २ बाट खुलातर्फ पुरुष ६ जना र महिला तीन गरी नौ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य नौ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन् ।

प्रदेश(२ बाट पूर्वमाओवादी नेता साहसहित अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् । महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा छन् । यद्यपि, औपचारिक रूपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन् भने लेखी केही समयअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ४५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना