४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले महाधिवेशन : निर्वाचन तालिका पुनः परिवर्तन गर्ने तयारी



काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत संशोधित निर्वाचन तालिका प्रकाशित गरिएको छ । निर्वाचन आयोगबाट सार्वजनिक भएको तालिका अनुसार मध्यरातमा मतदान सम्पन्न गर्ने कार्यक्रम राखिएको छ ।

बन्दसत्र जारी रहेको होटेल सेभेन स्टारको हलमा आज (सोमबार) राति ९ देखि मध्यराती १ बजेसम्म मतदान हुँदैछ । प्रकाशित कार्यतालिकामा उमेदवारउपर उजुरी दिन १५ मिनेट समय तोकिएको छ । उजुरीउपर छानबिन र निर्णयका लागि भने पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनमा प्राविधिक कारणले ढिला हुन गएकाले मतदानको तालिका पुनः परिवर्तन हुन सक्ने आयोगका एक पदाधिकारीले बताए । ९ बजे मतदान सुरु हुन नसके ११ बजेको लागि सार्ने तयारी आयोगले गरिरहेको आयोग स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको