४ पुस २०८२, शुक्रबार | December 19, 2025

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा दोस्रो पटक निरा गौतम निर्वाचित



बुटवल । सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा दोस्रो पटक निरा गौतम (निरु) चयन भएकी छन् । आज रुपन्देहीको शँकरनगरमा सम्पन्न छैठौं अधिवेशनबाट गौतम ३ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएकी हुन् ।

अधिवेशनले समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसम्मत चयन भएका छन् ।

बन्नसत्र सुरुहुनु पूर्व अधिवेशनको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार विधेयक संचारमैत्री बन्ने बताए । मन्त्री शर्माले सञ्चारकर्मिहरुकै सल्लाहमा संचार विधेयक संचारमैत्री बनाउने प्रतिवद्धता जनाए ।

सञ्चार जगत सबैको आँखा भएकाले विधेयक सबैले प्रशंसा गर्ने गरी निर्माण हुने कुरामा सबै सञ्चारकर्मीहरु ढुक्क हुनका लागि समेत मन्त्री शर्माले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ लुम्बनीका महासचिव बिक्रम खड्काले प्रदेश सभामा प्रस्तुत विधेयक फिर्ता हुनु पर्ने महासंघको अडान दोहो¥याए ।

सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डेले महिला पत्रकारहरुको क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताइन् ।

अधिवेशनले कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं चयन गरेको छ ।

नवनिर्वाचिन समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

नव निवाचित अध्यक्ष गौतमले सञ्चारिका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने जानकारी दिइन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको