९ भदौ २०८३, मंगलबार | August 25, 2026

सीपी मैनालीलाई प्रचण्डको व्यङ्ग – तपाईं राप्रपाको अध्यक्ष बन्नलाग्नु भएको हो भने बधाई छ ।



काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने बताए ।

प्रचण्डले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताएका हुन् ।

‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ’, प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’

पूर्ववर्ती वक्ता नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी युद्ध असफल भएको बताएपछि यसको जवाफ दिँदै प्रचण्डले भने, ‘हिजो उहाँ (सिपी) राजतन्त्र विरुद्ध लाग्नुभयो, पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो । त्यसो हो भने बधाई छ । ’

 

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ४४ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको