७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

केपी ओली सर्वभौम संसदसँगै कम्युनिस्ट आन्दोलनका हत्यारा हुन : मेटमणी चौधरी



नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी ओली नेपालको सर्वभौम ससंद र कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका छन् । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता चौधरीले दुईदुई पटक ससंदको विघटन गर्ने र दुईतिहाईको हाराहारी जनतको विश्वास बोकेको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले ओली संसदसँगै कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका हुन् ।

उनले २००६ सालमा ४ जनाले दर्ता गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसँग मिलेर ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको बताए । उनले आगामी निर्वाचनमा ओलीले जनतासँग मत माग्ने अधिकार समेत गुमाएको वताए । ‘के केपी ओली आगामि निर्वाचनमा पनि भोट दिनुस हामी ससंद विघटन गरेर देखाउछौ भनेर भोट माग्न आउलान त ?’ उनले प्रश्न गरे ।

उनले एमालेको चुनाव चिन्हकै भरमा पहिलो पार्टी वन्ने सपना सपनामै सिमित हुने पनि बताए । ‘चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पार्टी हुनुपर्ने हो,’ उनले भने, -‘किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पार्टीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण हो त ?’

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ०७ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा