८ आश्विन २०८३, बिहिबार | September 24, 2026

केपी ओली सर्वभौम संसदसँगै कम्युनिस्ट आन्दोलनका हत्यारा हुन : मेटमणी चौधरी



नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी ओली नेपालको सर्वभौम ससंद र कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका छन् । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता चौधरीले दुईदुई पटक ससंदको विघटन गर्ने र दुईतिहाईको हाराहारी जनतको विश्वास बोकेको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले ओली संसदसँगै कम्युनिस्ट आन्दोलनको हत्यारा भएको आरोप लगाएका हुन् ।

उनले २००६ सालमा ४ जनाले दर्ता गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसँग मिलेर ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको बताए । उनले आगामी निर्वाचनमा ओलीले जनतासँग मत माग्ने अधिकार समेत गुमाएको वताए । ‘के केपी ओली आगामि निर्वाचनमा पनि भोट दिनुस हामी ससंद विघटन गरेर देखाउछौ भनेर भोट माग्न आउलान त ?’ उनले प्रश्न गरे ।

उनले एमालेको चुनाव चिन्हकै भरमा पहिलो पार्टी वन्ने सपना सपनामै सिमित हुने पनि बताए । ‘चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पार्टी हुनुपर्ने हो,’ उनले भने, -‘किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पार्टीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण हो त ?’

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ०७ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने