२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मेलम्चीमा बाघ आतंक



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ ।

बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घरपालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।

एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपाएको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् ।

‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो’, मेलम्ची ९ ज्यामिरेका सुनिलकुमार भण्डारीले भने, ‘ज्यामिरेलगायत आसपासका क्षेत्रमा बाघले आतंक मच्चाएको छ ।’

स्कुल जाने ससाना बालबालिकामा पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । विद्यार्थी सुजन भण्डारीले गुनासो गरे, ‘बाघ कतै लुकेर बसेको छ कि भन्ने डरले दिउँसो पनि हिँड्न डर लाग्छ ।’

स्थानीय अहिले दिगो समाधानको लागि स्थानीय तहलगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् । वडा अध्यक्ष कमलबहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्कालसम्बन्धित निकायलाई जानकारी गराउने र दिगो समाधानका लागि पनि पहल गर्ने बताएका छन्।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ५२ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक