५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा शुक्रबारदेखि रुपन्देही जिल्ला लिग फुटबल, १५ टिम प्रतिस्पर्धामा



बुटवल । रुपन्देही फुटवल संघको आयोजनामा भोलि (शुक्रबार) देखि जिल्ला लिग सञ्चालन हुने भएको छ । लिग संचालनका सम्बन्धमा जिल्ला फुटवल संघले आज (बिहिबार) बुटवलमा पत्रकार सम्मेलन गर्दै संघको आयोजनामा २३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १५ वटा क्लबले सहभागिता जनाउने जानकारी दिएको छ ।

बुटवलको देविनगर स्थित एन्फा ऐकेडेमीमा हुने प्रतियोगिता अन्तर्गत शुक्रबार दिउसो २ बजे हुने उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लब बीच प्रतिस्पर्धा हुने खेल संयोजक मुकेश कुंवरले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै कुंवरले लिग आधारमा हुने प्रतियोगिता अन्तर्गत प्रत्येक टिमले ९ वटा गरी कुल ४५ वटा लिग चरणको खेल हुने बताए ।

प्रतियोगिताको विजेता टिमले नगद राशी १ लाखसहितको पुरस्कार प्राप्त गर्ने छ भने उप विजेता टिमले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा तृतीय हुने समूहले ३० हजार तथा सान्त्वनाले २० हजार नगद प्राप्त गर्ने लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए ।

प्रतियोगितामा विधागत तर्फका ५ जनालाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिने तथा प्रत्येक प्रतियोगितामा म्यान अफ दि म्याचलाई समेत आकर्षक उपहारको व्यवस्था गरिएको पुनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । लिग सञ्चालनका लागि एन्फाले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने अन्य रकम आयोजकले नै व्यहोरेको रुपन्देही फुटवल संघका सचिव शंकर मल्लले जानकारी दिए ।

रुपन्देही फुटवल संघको सद्ययि स्थकारुपमा रहेका २० वटा क्लबहरु मध्ये २ वटा क्लब छनोट चरणबाटै बाहिरिएका कारण प्रतियोगिता सहभागि हुन पाएनन् भने ३ वटा क्लबले आवश्यक काजगी प्रक्रियाहरु पूरा गर्न नसक्दा छनौट चरणमा नै सहभागी हुन नपाएको संयोजक कुँवरले बताए ।

छनोट चरणबाट माछापुच्छ्रे क्लब र ख्रिष्टियन युथ क्लब बाहिरिएका थिए भने अमर ज्योति युवा क्लब, लुम्बिनी स्पोर्टस् क्लब र नवयुवा खेलकूद तथा साँस्कृतिक परिवारले आवश्यक कागजी तथा कानूनी प्रक्रिया पूरा गर्न नसक्दा प्रतियोगितामा सहभागीता जनाउन पाएनन् ।

प्रतियोगितामा क्लबहरुले ए, बि वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागि गराउन पाउने छैनन् भने विभागिय टिममा रहेका (नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी) कुनै पनि व्यक्तिले सहभागी हुन नपाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार कुनै पनि डिभिजनमा सहभागी नभएका तथा अन्य जिल्ला लिगमा सहभागी नभएका रुपन्देही बाहिरका खेलाडीहरुले भने प्रतियोगितामा सहभागीता जनाउन पाउने भएका छन् ।

गत वर्ष बैखा ७ गतेदेखि तिलोत्तामा भएको छनोटका आधारमा सहगभागी टिमहरु बीच प्रतियोगिता हुने भएको हो । छनोट चरणमा उत्कृष्ट ८ टिमले लिगका लागि स्थान पक्का गरिसकेपछि बाँकी रहेका ९ टिमलाई २ समूहमा विभाजन गरी छनोट प्रतियोगिता गराइएको थियो । छनोट खेलमा दुई समूहको पुच्छारमा रहेका समूह लिगबाट पन्चित भएका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : ३० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य