७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

ए डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने 



काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले राजीनामा दिएका छन् ।

शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन् । जारी लिग खेलाइरहेका सात रेफ्रीले एन्फा अध्यक्ष कर्मा समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि नाै रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका थिए । यसअघि एन्फाले गत डिसेम्बरमा नै १० पुरुष र दुई महिला गरी १२ रेफ्रीको फिटनेश टेष्ट गरि फिफा ब्याज नविकरण गरेको थियो ।

तर, लिग दौरान एन्फा अध्यक्षसहित एन्फा रेफ्री डाईरेक्टर गौतम कौरले पुनः टेष्ट मागेपछि आफुहरूले राजीनामा दिएको एक रेफ्रीले न्युज कारखानालाई बताए ।

‘हाम्रो डिसेम्बरमा मात्र टेष्ट भएको हो । अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर, हामीले समय पनि मागेका छौं । अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा राजनीति गर्ने भनेर हामीविरुद्ध नै लाग्नुभयो ।  त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं’, ती रेफ्रीले भने ।

राजीनामा बुझाएका सात  रेफ्रीले सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरू हुँदै गर्दा सो खेलहरु समेत नखेलाउने निर्णय लिएका छन् । उनीहरूले एन्फाको त्यो निर्णय आफूहरूलाई मान्य नहुने र लिगका खेल बहिस्कार गर्नेसमेत बताएका छन् ।

यस पटक एन्फाले लिगका लागि १० फिफा रेफ्रीसहित २० रेफ्रीलाई लिगको खेलाउने जिम्मेवारी दिएको छ ।

राजीनामा पत्र बुझाउने रेफ्रीहरू

प्रकाश नाथ श्रेष्ठ

नविन्द्र मर्हजन

प्रज्वल क्षेत्री

नानीराम थापा मगर

सहदेव श्रेष्ठ

युनाल मल्ल

किशन कन्हैया यादव

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल