१३ असार २०८३, शनिबार | June 27, 2026

ए डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने 



काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले राजीनामा दिएका छन् ।

शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन् । जारी लिग खेलाइरहेका सात रेफ्रीले एन्फा अध्यक्ष कर्मा समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि नाै रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका थिए । यसअघि एन्फाले गत डिसेम्बरमा नै १० पुरुष र दुई महिला गरी १२ रेफ्रीको फिटनेश टेष्ट गरि फिफा ब्याज नविकरण गरेको थियो ।

तर, लिग दौरान एन्फा अध्यक्षसहित एन्फा रेफ्री डाईरेक्टर गौतम कौरले पुनः टेष्ट मागेपछि आफुहरूले राजीनामा दिएको एक रेफ्रीले न्युज कारखानालाई बताए ।

‘हाम्रो डिसेम्बरमा मात्र टेष्ट भएको हो । अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर, हामीले समय पनि मागेका छौं । अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा राजनीति गर्ने भनेर हामीविरुद्ध नै लाग्नुभयो ।  त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं’, ती रेफ्रीले भने ।

राजीनामा बुझाएका सात  रेफ्रीले सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरू हुँदै गर्दा सो खेलहरु समेत नखेलाउने निर्णय लिएका छन् । उनीहरूले एन्फाको त्यो निर्णय आफूहरूलाई मान्य नहुने र लिगका खेल बहिस्कार गर्नेसमेत बताएका छन् ।

यस पटक एन्फाले लिगका लागि १० फिफा रेफ्रीसहित २० रेफ्रीलाई लिगको खेलाउने जिम्मेवारी दिएको छ ।

राजीनामा पत्र बुझाउने रेफ्रीहरू

प्रकाश नाथ श्रेष्ठ

नविन्द्र मर्हजन

प्रज्वल क्षेत्री

नानीराम थापा मगर

सहदेव श्रेष्ठ

युनाल मल्ल

किशन कन्हैया यादव

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : ४३ बजे

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको