२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी कांग्रेसको नेतृत्वका लागि जोशी भर्सेज शर्मा



पोखरा । नेपाली कांग्रेस गण्डकीमा संस्थापन र संस्थापन इतरको उम्मेदवार तयार भएका छन् । संस्थापन पक्षले यसअघि नै पर्वतका अर्जुन जोशीलाई टिकट दिएको छ भने निकै रस्साकस्सीपछि संस्थापन इतरबाट कास्कीका शुक्रराज शर्मा सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। सशांक कोइरालासहितको उपस्थितिमा निरन्तर वार्ता र छलफलपछि शर्माको नाम टुंग्याइएको हो । सभापति पदको उम्मेदवार बाहीबार साँझ एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ ।

लेकसाईडस्थित होटल स्नो ल्याण्डमा सबै उम्मेदवारले आफ्ना धारणा राखेपछि शर्मालाई टिकट दिने निर्णय गरिएको हो । सभापति टुंग्याए पनि अन्य पदाधिकारी र सदस्यको टुंगो लागेको छैन ।

संस्थापन पक्षबाट भने उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का, सहमहामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमको नाम टुंगो लागेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : २५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय