६ पुस २०८२, आइतबार | December 21, 2025

दीपमा रेडक्रस सर्कल पुर्नगठन



बुटवल । नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले बिहीबार सर्कलको पुर्नगठन गरेको छ । रेडक्रसको सदस्यता नवीकरण गरेका विद्यालयको कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको भेलाले नया कार्यसमिति निर्माण गरेको हो ।

नयाँ कार्यसमितिको सभापतिमा आर भी आचार्य, उपसभापतिमा चिरन पौडेल, सचिवमा पूजा खनाल, कोषाध्यक्षमा फैजान खान, सह सचिवमा विनिमा पाण्डे, सह कोषाध्यक्षमा स्मारिका क्षेत्री, सदस्यहरूमा अर्नभ भण्डारी, सोनल शाह र आज्ञा ज्ञवाली रहेका छन् भने दुई जना सदस्य विद्यालयको कक्षा ११ र १२ बाट मनोनित गर्ने जनाइएको छ ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले रेडक्रससँग सम्बन्धित विषयवस्तुमा मन्तव्य राखेका थिए भने विद्यालयका प्राचार्य तथा सर्कलका संरक्षक टीकाराम न्यौपानेले दीप रेडक्रस सर्कलले विगतमा उल्लेखनीय काम गरेको बताउँदै पूर्व शिक्षक अर्जुन प्रसाद पन्थलाई धन्यवाद दिए भने आगामी दिनमा सर्कलले गर्ने हरेक रचनात्मक र सिर्जनात्मक काममा विद्यालयले सदैव सहयोग गर्ने बताए ।

सर्कलकी सभापति रितिका अधिकारीको सभाध्यक्षता, सर्कलका संरक्षक तथा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्र कुमार शाक्य तथा प्लस टु संयोजक वसन्त कुमार जोशीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओजस्वी शर्माले रेडक्रसका सात सिद्धान्त वाचन गरेकी थिइन् ।

कार्यक्रम शिक्षक विजय सापकोटाको स्वागत र सह शिक्षक पुरुषोत्तम पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : २० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ