२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

दीपमा रेडक्रस सर्कल पुर्नगठन



बुटवल । नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले बिहीबार सर्कलको पुर्नगठन गरेको छ । रेडक्रसको सदस्यता नवीकरण गरेका विद्यालयको कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको भेलाले नया कार्यसमिति निर्माण गरेको हो ।

नयाँ कार्यसमितिको सभापतिमा आर भी आचार्य, उपसभापतिमा चिरन पौडेल, सचिवमा पूजा खनाल, कोषाध्यक्षमा फैजान खान, सह सचिवमा विनिमा पाण्डे, सह कोषाध्यक्षमा स्मारिका क्षेत्री, सदस्यहरूमा अर्नभ भण्डारी, सोनल शाह र आज्ञा ज्ञवाली रहेका छन् भने दुई जना सदस्य विद्यालयको कक्षा ११ र १२ बाट मनोनित गर्ने जनाइएको छ ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले रेडक्रससँग सम्बन्धित विषयवस्तुमा मन्तव्य राखेका थिए भने विद्यालयका प्राचार्य तथा सर्कलका संरक्षक टीकाराम न्यौपानेले दीप रेडक्रस सर्कलले विगतमा उल्लेखनीय काम गरेको बताउँदै पूर्व शिक्षक अर्जुन प्रसाद पन्थलाई धन्यवाद दिए भने आगामी दिनमा सर्कलले गर्ने हरेक रचनात्मक र सिर्जनात्मक काममा विद्यालयले सदैव सहयोग गर्ने बताए ।

सर्कलकी सभापति रितिका अधिकारीको सभाध्यक्षता, सर्कलका संरक्षक तथा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्र कुमार शाक्य तथा प्लस टु संयोजक वसन्त कुमार जोशीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओजस्वी शर्माले रेडक्रसका सात सिद्धान्त वाचन गरेकी थिइन् ।

कार्यक्रम शिक्षक विजय सापकोटाको स्वागत र सह शिक्षक पुरुषोत्तम पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : २० बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल