१६ बैशाख २०८१, आइतबार | April 28, 2024

विद्यार्थीलाई दुर्घटना र लागुऔषध बिरुद्ध सचेत गराउदै रोटरी क्लब



बुटवल । विद्यालयस्तरमा अध्ययरत युवालाई लक्षित गरि बुटवलमा एक दिने सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ रामापिथेकस, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ बुटवल सिर्नजीको सहयोगमा युवा लक्षित सवारी दुर्घटना न्युनिकरण तथा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

सचेतना कार्यक्रमको क्लबका सस्थापक सदस्य ऋषि भन्डारीले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै भण्डारीले देशका कर्णधार युवा वर्गलाई सहि दिशानिर्देश आजको आवश्यकता भएको बताए । युवाहरुलाई विषयगत ज्ञान दिएर रचनात्मक काममा लगाउनुपर्ने उनको भनाई छ ।

एभरेष्ट माविको कक्षा ११ मा अध्ययरत २ सय बढि विद्यार्थीहरुलाई लागु औषध के हो? यसबाट कसरी बच्ने तथा सवारी दुर्घटनाको अवस्था र न्युनिकरण बारे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपाल र प्रहरी निरिक्षक गणेश ज्ञवालीले सहजिकरण गरेका थिए । लागु औषध असर, यसले ब्यक्ति र समाजलाई पार्ने प्रभाव साथै सवारी दुर्घटना, ट्राफिक नियमहरुको पालना बारेमा समेत विस्तृत प्रस्तुति गरिएको थियो ।

देशमै सर्वाधिक दुर्घटना २ पाँग्रे सवारीबाट हुने गरेको प्रहरी निरिक्षक मधु नेपालले बताए । यसैगरि घाईते र मृत्युको दर हेर्दापनि कुल दुर्घटनाको ७० प्रतिशत दुई पाँग्रे सवारीले ओगट्ने उनको दाबी छ । प्रवेशिका पास गरेर कक्षा ११ मा भर्ना भएसंगै उनिहरुको संगत नया साथीभाईसंग हुन्छ भने उनिहरु अभिभावकसंग दुईपाँग्रे सवारीको माग हुन्छ । ‘लहैलहैमा लागेर उनिहरु समस्यामा परेको पत्तो नै पाउदैनन ।’– उनले भने ।

क्लबका अध्यक्ष जबिन कक्षपतीले समयमा नै युवा वर्गलाई सचेत गराउन सके समस्यामा फस्नबाट बचाउन सकिने भन्दै क्लबबाट सचेतना कार्यक्रम गरिएको बताए । युवा वर्गलाई नेतृत्व विकास, खेल र सामाजिक बनाउने तर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

विद्यालयका उपप्राचार्य भिमसेन गौतम, क्लबका पुर्वअध्यक्ष रबि पोख्रेल, पिताम्बर ज्ञवाली, बोर्ड सदस्यहरु बिमल श्रेष्ठ, डिबि रायमाझी, रोट्याक्ट क्लब अफ रामापिथेकसका अध्यक्ष बिजय कार्की, कार्यक्रम संयोजक तुल्सी घिमिरेले साना साना सचेतनाबाट ठुलो दुर्घटना रोक्न सकिने भन्दै क्लबको अगुवाईमा यस्ता कार्यक्रमलाई विशेष ध्यान दिएर अघि बढाउने गरेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : १५ बजे

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा