२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

विद्यार्थीलाई दुर्घटना र लागुऔषध बिरुद्ध सचेत गराउदै रोटरी क्लब



बुटवल । विद्यालयस्तरमा अध्ययरत युवालाई लक्षित गरि बुटवलमा एक दिने सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ रामापिथेकस, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ बुटवल सिर्नजीको सहयोगमा युवा लक्षित सवारी दुर्घटना न्युनिकरण तथा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

सचेतना कार्यक्रमको क्लबका सस्थापक सदस्य ऋषि भन्डारीले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै भण्डारीले देशका कर्णधार युवा वर्गलाई सहि दिशानिर्देश आजको आवश्यकता भएको बताए । युवाहरुलाई विषयगत ज्ञान दिएर रचनात्मक काममा लगाउनुपर्ने उनको भनाई छ ।

एभरेष्ट माविको कक्षा ११ मा अध्ययरत २ सय बढि विद्यार्थीहरुलाई लागु औषध के हो? यसबाट कसरी बच्ने तथा सवारी दुर्घटनाको अवस्था र न्युनिकरण बारे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपाल र प्रहरी निरिक्षक गणेश ज्ञवालीले सहजिकरण गरेका थिए । लागु औषध असर, यसले ब्यक्ति र समाजलाई पार्ने प्रभाव साथै सवारी दुर्घटना, ट्राफिक नियमहरुको पालना बारेमा समेत विस्तृत प्रस्तुति गरिएको थियो ।

देशमै सर्वाधिक दुर्घटना २ पाँग्रे सवारीबाट हुने गरेको प्रहरी निरिक्षक मधु नेपालले बताए । यसैगरि घाईते र मृत्युको दर हेर्दापनि कुल दुर्घटनाको ७० प्रतिशत दुई पाँग्रे सवारीले ओगट्ने उनको दाबी छ । प्रवेशिका पास गरेर कक्षा ११ मा भर्ना भएसंगै उनिहरुको संगत नया साथीभाईसंग हुन्छ भने उनिहरु अभिभावकसंग दुईपाँग्रे सवारीको माग हुन्छ । ‘लहैलहैमा लागेर उनिहरु समस्यामा परेको पत्तो नै पाउदैनन ।’– उनले भने ।

क्लबका अध्यक्ष जबिन कक्षपतीले समयमा नै युवा वर्गलाई सचेत गराउन सके समस्यामा फस्नबाट बचाउन सकिने भन्दै क्लबबाट सचेतना कार्यक्रम गरिएको बताए । युवा वर्गलाई नेतृत्व विकास, खेल र सामाजिक बनाउने तर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

विद्यालयका उपप्राचार्य भिमसेन गौतम, क्लबका पुर्वअध्यक्ष रबि पोख्रेल, पिताम्बर ज्ञवाली, बोर्ड सदस्यहरु बिमल श्रेष्ठ, डिबि रायमाझी, रोट्याक्ट क्लब अफ रामापिथेकसका अध्यक्ष बिजय कार्की, कार्यक्रम संयोजक तुल्सी घिमिरेले साना साना सचेतनाबाट ठुलो दुर्घटना रोक्न सकिने भन्दै क्लबको अगुवाईमा यस्ता कार्यक्रमलाई विशेष ध्यान दिएर अघि बढाउने गरेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : १५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२