२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रदेश खेलकुद परिषदलाई गतिशिल बनाउन प्रदेश खेलकुद मन्त्रीसँग आग्रह



बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीको कार्यकारी समितिका पदाधिकारीहरुले प्रदेश सरकारका खेलकुद मन्त्रीलाई भेटेर काम गर्ने सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । सोमबार समितिको दोस्रो बैठक सम्पन्न गरे लगत्तै समितिका पदाधिकारीहरुले खुलकुद मन्त्री वसिउद्दीन खानलाई भेट गरेर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

सोमबार बुटवलमा बसेको बैठकले परिषदलाई गतिसिल बनाउन सरकारसँग माग राख्ने निर्णय गरेको थियो । बैठकले परिषदको कार्यालय ब्यवस्थापन गर्न कर्मचारी माग, परिषदको खाता सञ्चालन गर्ने, जिल्लामा बजेट निकासा गर्न अनुरोध गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वलीले जानकारी दिए । वलीका अनुसार बैठकले आव २०७८र०७९ मा बिनियोजन गरिएको खेलकुद सम्बन्धि सम्पुर्ण बजेट परिषदमा ल्याउन मन्त्रालयलाई अनुरोध गर्ने, अभिमुखिकरण कार्यक्रम संचालन गर्ने, खेलकुद प्रतियोगिता आयोजना गर्न प्रोत्साहित गर्ने लगायतको निर्णय समेत गरेको छ ।

सहज बाताबरण बनाइदिन मन्त्रीलाई भेटेरै आग्रह गर्ने बैठकको निर्णय अनुसार सोमबार मन्त्रीलाई भेटेर बैठकको निर्णयको जानकारी गराएको सदस्य सचिव वलीले खबरकुरालाई बताए । कार्यकारी समितिले सोमबार नै मन्त्रालयका निमित्त सचिव टिकाराम अर्याल र मन्त्री वसिउद्दिन खाँसँग बैठकको निर्णयसहित कार्यान्वयनमा जान अनुरोध गरेको छ । मन्त्री खानबाट सकारात्मक सुझाव आएको वलीले बताए ।

आफ्नो कार्यकालको अन्तिम अवस्थामा पूर्ववर्ती शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश खेलकुद परिषद गठन गरेपनि त्यसको कार्यविधि र काम कर्तव्य र अधिकार नतोकिदिँदा परिषदलाई काम गर्न असहज भइरहेको परिषदका पदाधिकारीहरुले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : १८ बजे

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,