१० भदौ २०८३, बुधबार | August 26, 2026

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलनः नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी



बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी सुरू भएको छ । लुम्बिनी प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

लुम्बिनी प्रदेशका सांसदद्वय दिपेन्द्र पुन र दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा पार्टीका प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेतृत्वका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन २५ र २६ मंसिरमा दाङको भालुवाङमा हुँदै छ । लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव जमाएका केन्द्रीय नेताहरू वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले लुम्बिनी प्रदेश अध्यक्षमा दिपेन्द्र पुनलाई ल्याउन चाहेको कार्यकर्तामाझ चर्चा छ । तर, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भने दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन चाहेको माओवादी प्रदेश कमिटीका एक सदस्यले बताए ।

तर पार्टी केन्द्रले भने दुई पक्ष लड्दा विवाद चर्कने भन्दै कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई प्रदेश कमिटी अध्यक्षमा ल्याउने गरी छलफल थालेको छ । ‘पुन र शर्मालाई केन्द्रीय नेताले बोक्दा दुईथरी गुट सक्रिय भएदेखि नै पार्टी केन्द्रले सहमतिका लागि तेस्रो विकल्पमा पनि छलफल अगाडि बढाएको पाएका छौं,’ ती नेताले भने ।

पार्टीले निर्णय गरेर पठाए आफू प्रदेशको नेतृत्व सम्हाल्न तयार रहेको उपाध्यायले बताए । ‘केन्द्रीय कार्यालयमा रहे पनि पार्टीले निर्णय गरेर पठाउँछ भने म जिम्मेवारी लिन तयार छु,’ उनले भने ।

अर्की दाबेदार दामा शर्माले माओवादीमा महिला सहभागिता धेरै भएको भन्दै नेतृत्वमा पनि यही प्रकारको सहभागिता रहने विश्वास व्यक्त गरिन् । आफूले केन्द्रमा पाएमा भने इच्छा नगर्ने उनको भनाइ छ । माओवादीको प्रदेश कमिटीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी रहने विधानमा व्यवस्था छ ।

लुम्बिनीबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरि घर्ती, कुलप्रसाद केसी, चन्द्रप्रकाश खनाल, बामदेव क्षेत्री, सुदर्शन बराललगायतका नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।

लुम्बिनी प्रदेश कमिटी इन्चार्जमा माओवादी स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल बलदेव छन् । प्रादेशिक संरचना बलियो बन्न लागेकाले यसअघि केन्द्रमा रहन चाहेका नेताहरू प्रदेशको नेतृत्वका लागि ईच्छुक देखिएका छन् । माओवादीको विधानअनुसार अब प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउँदैनन् । सम्मेलनमा १०९ वटै पालिकाबाट भौगोलिक उपस्थिति हुने प्रचारप्रसार संयोजक जीवन गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ । २०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन् ।

२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुला रूपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुनेछ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुनेछ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : २२ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न