१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता : अन्तिम चारको टुंगो



बुटवल । बुटवलमा जारी बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा अन्तिम चार टिमको टुंगो लागेको छ । शुक्रबार भएको क्वाटरफाईनल खेलमा विजयी हुँदै बेनि, तिलोत्तमा नगरपालिका, भिमदत्त र बुटवल उपमहानगरपालिकाले स्थान पक्का गरेको हो ।

पहिलो क्वाटरफाइनल खेलमा बेनीले टिकापुर नगरपालिकालाई २-०, दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले गोदाबरी नगरपालिका कैलालीलाई २-० को सोझो सेटमा पराजित गरेको थियो। यसैगरि भिमदत्त नगरपालिका, कंचलपुरले बिरेन्द्रनगर नगरपालिका सुर्खेत माथि २५-१७, २५-१६ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बुटवल उपमहानगरपालिकाले बाणगंगा नगरपालिकालाई २५-७, २५-१२ को सोझो सेटमा पराजित गरेको हो ।

शनिबार बिहान पहिलो सेमीफाईनल खेल तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिका तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकासंग सामना गर्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : २६ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय