७ बैशाख २०८३, सोमबार | April 20, 2026

उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता : अन्तिम चारको टुंगो



बुटवल । बुटवलमा जारी बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा अन्तिम चार टिमको टुंगो लागेको छ । शुक्रबार भएको क्वाटरफाईनल खेलमा विजयी हुँदै बेनि, तिलोत्तमा नगरपालिका, भिमदत्त र बुटवल उपमहानगरपालिकाले स्थान पक्का गरेको हो ।

पहिलो क्वाटरफाइनल खेलमा बेनीले टिकापुर नगरपालिकालाई २-०, दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले गोदाबरी नगरपालिका कैलालीलाई २-० को सोझो सेटमा पराजित गरेको थियो। यसैगरि भिमदत्त नगरपालिका, कंचलपुरले बिरेन्द्रनगर नगरपालिका सुर्खेत माथि २५-१७, २५-१६ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बुटवल उपमहानगरपालिकाले बाणगंगा नगरपालिकालाई २५-७, २५-१२ को सोझो सेटमा पराजित गरेको हो ।

शनिबार बिहान पहिलो सेमीफाईनल खेल तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिका तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकासंग सामना गर्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : २६ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका