१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आफुले सरकारको नेतृत्व गरेकै दिन जनताले ओली शासनबाट मुक्ति पाए : शेरबहादुर देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेकै दिन नेपालले तानाशाही शासनबाट मुक्ति पाएको बताएका छन् । पार्टीको १४ औ अधिवेशनको उदघाटनसत्रलाई सम्बोधन गर्दै आफुले नेतृत्व गरेको सरकार बनेकै दिनबाट नेपालले ओलीकाे तानाशाही शासनबाट मुक्ति पाएको दाबी गरे ।

उनले आफुले सरकारको नेतृत्व गर्नु अघि नेपालमा डरत्रास र संत्रासको वातावरण रहेको स्मरण गर्दै ओलीको शासन अन्त्य भएको दिन नेपालीले मुक्ति पाएको अनुभूति गरेको बताए । ‘जुन दिन मेरो सरकार बन्यो, त्यस अघि डरत्रास र संत्रासको वातावरण थियो । आफ्नो नेतृत्वको सरकारबाट मुक्ति पाएको अनुभूति जनताले गरे ।’ उनले भने । उनले ओलीको शासनबाट पाएकाे मुक्तिकाे रक्षा गर्ने जिम्मेवारी आफुमा रहेको दाबी गर्दै नेपाली जनतालाई तानाशाही शासनबाट मुक्ति दिलाउनका लागि एक पटक आफुलाई जिताउन समेत कार्यकर्तालाई आह्वान गरे ।

अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे । उनले भने, ‘मलाई एक पल्ट जिताइदिनुस् ।’ उनले आफुलाई जिताए स्थानीयतहको निर्वाचनमा पनि काँग्रेसले जित्ने दाबी गरे ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ५३ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको