४ पुस २०८२, शुक्रबार | December 19, 2025

सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएँ, पौडेललाई साझा उम्मेदवार बनाउनुपर्छ : शशांक



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेका संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए ।

आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए । ‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु’ कोइरालाले भने ‘तीनजना बीचमा सहमति हुन सकेको छैन।’

कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनु पर्ने बताए।

‘शेखर र प्रकाशमान बाहिरिएर रामचन्द्र पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्छ’ उनले भने ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ४७ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म