१५ बैशाख २०८१, शनिबार | April 28, 2024

मिरा ट्रष्टद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण



बुटवल । रुपन्देहीमा रहेको मिरा ट्रष्टले विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । ट्रष्टले शुक्रवार तिलोत्तमा ३ स्थित श्री हाम्रो सगरमाथा आधारभुत विद्यालयका कक्षा १ देखि ४ सम्म अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

पोशाक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा ३ का वडा सदस्य गिता सापकोटाले नगरपालीका बालमैत्री बन्ने क्रममा रहेका बेला ट्रष्टले गरेको सहयोगले अपरिहार्य भुमिका निर्वाह गर्ने बताइन् । उनले ट्रष्टको प्रशंसा गर्दै यस्ता अभियानले न्युन आय भएका विद्यालयका विद्यार्थीले समेत उच्चस्तरीय सरह सुविधा प्राप्त गर्न सकने जनाइन् ।

आगामी दिनमा निरन्तर सामाजिक कार्यमा लागिरहन उनले सुझाइन् । ट्रष्टका संस्थापक हेमलाल शर्माले विद्यार्थीहरुलाई पढ्न जांदा पहिरिने पोशाक नै वितरण गर्न पाउंदा खुसी लागेको भन्दै आगामी दिनमा अन्य क्षेत्र र स्थानमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले आवश्यकता परेका असाह्य लाई कुनैपनि बेला सहयोग गर्न आफुहरु तत्पर रहेको बताए ।

ट्रष्टले हस्तान्तरण साथै वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश : १ हजार, ५ सय र २ सय रुपैयां पुरस्कार दिने समेत घोषणा गरेको छ । कार्यक्रम संस्थापक हेमलाल शर्माको सभापतित्व, वडा ३ की सदस्य गिता सापकोटाको प्रमुख आतिथ्यता, ट्रष्टका संरक्षक मिरा शर्मा र विद्यालयका प्राचार्य घनश्याम घिमिरेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन महासचिव रामचन्द्र पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ४३ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म