८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

स्थानीय पाठ्यक्रम निर्माण गर्दै दाङका स्थानीय सरकार



दाङ । दाङका स्थानीय सरकार स्थानीय पाठ्यक्रम निर्माणमा जुटेका छन् । राजपुर गाउँपालिकाले पछिल्लो समय पाठ्यक्रम निर्माण सुरु गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण समिति, पाठ्यक्रम विकास केन्द्रका विज्ञको सहजीकरण र अग्रसरतामा पाठ्यक्रम निर्माण गर्न थालिएको हो ।

आउँदो शैक्षिक सत्रबाट राजपुर गाउँपालिकाका सबै विद्यालयमा पाठ्यक्रमअनुसार पठनपाठन गराउने तयारी छ । विद्यार्थीले अहिलेसम्म केन्द्र स्तरमा बनाइएको पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक पढ्दै आएका छन् । अब आफ्नै वरिपरिका विषयवस्तुबारे तयार पारिएको किताब पनि पढ्न पाउनेछन् ।

स्थानीय पाठ्यपुस्तकको तयारीमा जुटेका स्थानीय तह र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकलाई एकै ठाउँ भेला गरेर स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया सुरु गरिएको हो । दाङमा स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तह अग्रसर भएका छन् । स्थानीय साधनस्रोतको प्रयोग गर्दै पाठ्यक्रम निर्माणमा स्थानीय तह जुटेका हुन् ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई वरपरको धार्मिक, सांस्कृतिक, सामाजिक अवस्थाबारे पठनपाठन गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण थालिएको हो । दाङका १० वटा स्थानीय तहमध्ये अहिलेसम्म घोराही उपमहानगरले स्थानीय थारु भाषाको पाठ्यक्रम निर्माण गरिसकेको छ भने बाँकी केही पालिका पाठ्यक्रम निर्माणमा जुटेका छन् ।

राप्ती गाउँपालिकाले पनि पालिकास्तरीय सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । स्थानीय पाठ्यक्रम बनाउन तयारी गरेको शिक्षा संयोजक विश्वास विकले जानकारी दिए । स्थानीय भाषा, संस्कृति, धर्म, परम्परा, भूगोल, वन, वातावरण, पर्यटकीय सम्पदा, मठमन्दिर लगायतबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण थालिएको हो ।

व्यावहारिक रूपमा बालबालिकालाई सिकाइ हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रम निर्माण आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका सूचना अधिकारी देवमणि चौधरीले जानकारी दिए ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर स्थानीय पाठ्यक्रम निर्माण गरिन लागेको हो । स्थानीय स्तरमा पाइने वनस्पति तथा पशुपक्षी, स्थानीय नदी, नाला, तालतलैया, झरना, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन, प्रचलित चाडपर्व र रीतिरिवाजलगायत विषयवस्तु समेटेर पाठ्यक्रम तयार हुने छन ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ५७ बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम