३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

गाउँगाउँ डुल्दै बाबुराम



तनहुँ । हिजोआज पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजधानी काठमाडौंमा कमै भेटिन्छन् । उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन् । कहिले दाङ, बुटवलतिर भेटिन्छन् ।

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । र उनी आलोचनाको ‘ईस्यु’ बन्छन् । आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैैनन् । पूर्व प्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहमा छन् ।

यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए । तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए । पत्नी हिसिला यमिसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन् ।

प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए । स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार विहानाको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो ।

बिहीबार साँझ डा। भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे । जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन् ।

शुक्रबार बिहान डा। भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्लागण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे । शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा। भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए ।

भट्टराईले यो देशलाई सम्बृद्धीको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे । केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ ।

डा। भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहो¥याए ।
सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ४२ बजे

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

रौतहटमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

वीरगन्ज । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार