३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

झापामा भएको सडक दुर्घटनामा एकको मृत्यु



झापा । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको छ । घाइते वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तालमा उपचार भइरहेको छ ।

आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : २२ बजे

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार

सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, २० हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)

बुटवल । आराध्यदेव भगवान् शिवको विशेष पूजा-आराधनासहित महाशिवरात्री पर्व आज

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले