२ पुस २०८२, बुधबार | December 17, 2025

पश्चिमाञ्चल यातायात व्यावसायी समितिको अध्यक्षमा पाण्डे विजयी



बुटवल । पश्चिमान्चल यातायात व्यावसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन् । समितिको २१ औं वार्षिक साधारणसभा तथा ११ अधिवेशन अन्तरग शनिबार भएको निर्वाचनबाट ४५८ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी टिकाराम गौतमले ३९७ मत प्राप्त प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की विजयी भएका छन् । उनले ४७८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दि कमल घिमिरेले ३७८ मत प्राप्त गरेका छन् । महासचिवमा हरिप्रसाद कंडेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा जारी मतगणना अन्तरगत कंडेल ४६६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनको प्रतिद्वन्दी जितबहादुर भाट (जितु) ले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुलन १ हजार २३ मतदाता मध्य ८६५ मत खसेको थियो । यसैरी उपाध्यक्ष खुल्ला तर्फ खगराज गौतम (बा) विजयी भएका छन् । उले ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी सिद्धार्थ उदयले ३८८ मत प्राप्त गरेका छन् ।

रुपन्देही उपाध्यक्षमा गणेश घिमिरे र लक्ष्मण गैरे (नेताजी) विजयी भएका छन् । उनीहरुले त्रमशः ५०९ र ४४६ मत प्राप्त गरेका छन् । रुपेन्देही उपाध्यक्षका प्रत्यासीहरु गोपाल प्रसाद न्यौपानेले ३७६ तथा डिल्लीराम रिजाल (अंकल)ले ३५१ मत प्राप्त गरेका थिए ।

समितिको कोषाध्यक्षमा हरिप्रसाद रिमाल विजयी भएका छन् उनले ४९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी गेहेन्द्रराज न्यौपानेले ३६६ मत प्राप्त गरेका छन् । सचिवमा अर्जुनकुमार भुसाल विजयी भएका छन् । उनले ४३० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दि बसन्त खड्काले ४१८ मत प्राप्त गरेका थिए ।

यसैगरी नवलपरासी उपाध्यक्षमा गुप्तबहादुर केसी (राजु) विजयी भएका छन् उनले ५०८ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दि ओमकान्त तिमिल्सिनाले ३४१ मत प्राप्त गरेका छन् । गुल्मी, पाल्पा र स्याङ्जा उपाध्यक्षमा कृष्ण ठकुरी विजयी भएका छन् । उनले ४६० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दि बहादुर बिसी (गोविन्द) ले ३७९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष काठमाण्डौं सेक्टरमा रमेशकुमार फौजदार विजयी भएका छन् । उनले ४३२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दि देवेन्द्र बानियाले ४२० मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यहरुमा यमबहादुर जिसी (५२०), कृष्णबहादुर कंडेल (५११), गोपाल लम्सार (४८३), सोभाकान्त पाण्डे (प्रदिप) (४७२), कृष्णबहादुर राना मगर (४६४), अर्जुन बहादुर कुँवर (४३५), शंकरप्रसाद लम्साल (४२६), उत्तम केसी (४२५), असोक कुंवुर (४२१) र ज्ञानेन्द्र बहादुर रेश्मी ४११ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : २२ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर