२३ बैशाख २०८१, आइतबार | May 5, 2024

न्यानो ओछ्यानमा सुत्न ‘ काउम्याट’



सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाईभैसींलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरेको छ ।

नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र उपकरण अन्तर्गत आइतबार पचास प्रतिशत अनुदानमा यहाँका २१ जना व्यवसायिक कृषक फर्महरुमा रहेका गाईभैसींलाई ओछ्याउन १ सय ९८ वटा ‘काउ म्याट’ वितरण गरेको हो ।

उक्त ‘काउ म्याट’ वितरण गरेपछि फर्ममा रहेका गाइभैसीं जाडोयामको समयमा न्यानो ओछ्यानमा सुत्न पाउने भएका छन् । त्यसैगरीे शाखाले २० जना कृषकहरुलाई २० वटा विद्युतीय च्यापकटर पनि वितरण गरेको छ ।

कृषकहरुलाई उक्त च्यापकटर र म्याट वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले व्यवसायिक कृषि पेशा गर्ने किसानका लागि एकदम राम्रो सहयोग भएको भन्दै यसको भरपुर फाईदा लिन आग्रह गरे । ११ लाख बराबरको ५० प्रतिशत अनुदानमा उक्त कृषि औजार वितरण गरिएको बताउँदै च्यापकटरले घाँस पराल काट्न र म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई पनि धेरै सहयोग पुग्ने प्रमुख कार्कीको भनाई छ ।

नगरका ११ वटै वडामा पशुपालन गर्दै आएका व्यवसायिक फर्महरुलाई गाईभैंसीका लागि आवश्यक पर्ने घाँस र पराल काट्न सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर र न्यानो ओछ्याउनमा सुत्नका लागि अनुदानमा म्याट वितरण गरिएको पशु विकास शाखा प्रमुख इन्द्र बहादुर खड्काले बताए । उनका अनुसार किसानलाई पशुपालन व्यवसाय गर्न उत्प्रेरणा जगाउने हेतुले उक्त म्याट वितरण गरिएको हो ।

पशुपालक कृषक फर्महरु मध्ये छनोटमा परेका कृषकहरुलाई मात्र उक्त च्यापकटर प्रदान गरिएको नगरपालिकाले जनाएको छ । जसमध्ये कृषि औजारका लागि ३५ जनाको निवेदन पेश भएकोमा २० जना मात्र छनोटमा परेका हुन् । नगरमा पहिलोपटक काउम्याट वितरण गरिएको बताउँदै खड्काले आगामी वर्ष पनि कृषि औजार वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत हेमराज अर्यालले कृषि औजारलाई सदुपयोग गर्दै कृषकहरु प्रविधि सँग जोडिदैं व्यवसायिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । कृषक सुरेन्द्र प्रसाद रेग्मीले व्यवसायिक पशुपालक कृषकहरुले काउ म्याट पाउनु खुसीको कुरा भएको भन्दै यसले किसानलाई उत्साहित बनाएको धारणा राखे । सैनामैना नगरपालिका परिसरमा भएको कार्यक्रमको सञ्चालन कृष्ण कुंवरले गरेका थिए । नगरपालिले विभिन्न समयमा यहाँका कृषकहरुलाई यन्त्र तथा उपकरण वितरण गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : २५ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले