११ श्रावण २०८३, सोमबार | July 27, 2026

पाल्पाको माल्मुलमा पहिरो, तानसेन-रिडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध



पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-३ स्थित माल्मुल क्षेत्रमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले तानसेन-रिडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै खसेको माटो, ढुंगा र रुखसहितको पहिरोले सडकका दुबै तर्फको सवारी आवागमन ठप्प भएको हो ।

स्थानीयबासीका अनुसार रातिदेखिको झरीका कारण सडकमा ठूलो पहिरो खस्दा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध हुँदा तानसेन, रिडी, गुल्मी तथा आसपासका क्षेत्र जोड्ने प्रमुख मार्ग पूर्ण रूपमा ठप्प बनेको छ । यात्रुहरू बीचमै रोकिएका छन् भने अति आवश्यक सेवाका साधनसमेत प्रभावित भएका छन् ।

सडक डिभिजन कार्यालय र स्थानीय निकायको सहकार्यमा पहिरो पन्छाउने प्रयास भइरहेको छ । तर, लगातारको वर्षाका कारण उद्धार तथा सरसफाइ कार्यमा कठिनाइ भइरहेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : २६ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा