१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सहमति हुन नसकेपछि माओवादी केन्द्रको प्रदेश १ अधिवेशन दुई दिन स्थगित



विराटनगर । नेकपा माओवादी केन्द्रो प्रदेश अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो ।

तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको प्रदेश अधिवेशन केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो । अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित गरीएको एक नेताले बताए ।

प्रदेश १ मा तीनजना अध्यक्षको दौडमा रहेका छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षका लागि मैदानमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङवो भने प्रदेशको जिम्मेवारीमा छैनन् ।

नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी भने बनिसकेको छ । सोही कमिटीबाट पदाधिकारी छनोट गर्नु पर्ने भएपनि सहमति नुजुटेपछि दुई दिनका लागि स्थगित गरीएको नेकपा माओवादी प्रदेश कमिटिले जनाएको छ ।

शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका रहेपनि पनि अध्यक्षका आकांक्षीबीच कुरा नमिलेपछि स्थगित भएको हो । गएराति अबेरसम्म सहमतिका लागि छलफल हुँदासमेत तीनै जनाले आ-आफनो अडान नछाडेपछि समस्या परेको बताइएको छ ।

उमेदवारहरु चुनावी प्रकृयामा गएपछि माथिल्ला कमिटीमा जान नपाउने पाटीको विधान भएकाले सहमतिका लागि जोड बल भइरहेको माओवादीका नेताहरु बताउँछन् ।

बुधबार सम्ममा सर्वसम्मतनै नेतृत्व चयन गरीने माओवादीका नेता नवराज चाँपागाइको दावी रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : २२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण