११ श्रावण २०८३, सोमबार | July 27, 2026

नवउद्यमीलाई प्रोत्साहन गर्न ‘युवा उद्यमी सम्मेलन’ गरिँदै



बुटवल । नवउद्यमीलाई प्रोत्साहन र प्रवद्र्धनको लागि रुपन्देहीमा ‘युवा उद्यमी सम्मेलन’ गरिँदै छ । युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ.) रुपन्देहीको आयोजनामा यहि आगामी पुस ३ गते रुपन्देहीको तिलोत्तमामा ‘युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१’ गर्न लागिएको हो ।

उद्यमीले भोगिरहेका समस्या ल्याउने तथा उद्यममा नवप्रवेशीहरुलाई गाईडलाईन निर्माण गर्नको लागि आयोजना गरिने उक्त कार्यक्रममा रुपन्देही सहित देशभरबाट आकांक्षी उद्यमी तथा स्टार्टअपहरु सहभागि हुने सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले उद्यमीहरुले सामना गरिरहेका मुद्धाहरु प्रकाश पार्ने र बैंकर, लगानी कर्ता, उद्यमी अभिनन्दन कर्ता तथा आकांक्षी उद्यमीहरुर्लाइ जोड्न नविनतम प्रयास गरिएको बताए ।

कार्यक्रममा लोटस होल्डिङका संस्थापक अजित बिक्रम शाह, ई-सेवा फोन पे प्रलिका अध्यक्ष अस्गर अलि, टुट्लेका संस्थापक शिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ (व्यापारी) राजेन्द्र देवकोटा, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल, थ्री एच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सोहनबाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसाल, मेघा बैंकका प्रवन्धक विप्लवी त्रिपाठी सिद्धार्थ इन्टरनेशनल कलेजका प्राध्यापक रामप्रसाद खरेल, मेल्टीस बुटवलका प्रविना खनाल र साधना नेपाल ईन्डष्ट्रिज (रोयल छोप)का संस्थापक हिमाल वेलवासेले उद्यमशिलता सम्बन्धि आफ्ना अनुभवहरु शेयर गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले गर्ने कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा सफल व्यवसायीहरुले उद्यमी यात्रा र प्ररणादायी कथा सुनाउने छन् । त्यस्तै स्टार्टअप विषयमा प्यानल डिस्कसन गरिनेछ । कार्यक्रममा करिव १० सफल व्यबसायी तथा सफल कम्पनीको स्टल प्रदर्शनी गरिनेछ ।

युवा उद्यमी बिच सवल सम्पर्क विस्तार, आकांक्षी उद्यमीलाई प्ररणादायी उद्यमीसंग जोड्ने, प्रतिस्पर्धी व्यवसायको पहिचान, उद्यमी बच्न चाहनेहरु त्यस सम्बन्धि विषयमा सुशुचित हुने, विश्वास गरिएको युवा उद्यमी सम्मेलनका संयोजक तथा युवा उद्यमी मञ्च रुपन्देहीका सदस्य सन्देश श्रेष्ठले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ मा स्थापना गरेको युवा उद्यमी मञ्च अन्तरगत बुटवल उद्योग वाणिज्य संघ मातहत गठित युवा उद्यमी मञ्च रुपन्देहीले युवा उद्यमशिलता जागरणका क्षेत्रमा काम गर्दै आएको छ ।

युवा उद्यमी सम्मेलन उपत्यका बाहिर यो पहिलो पटक आयोजना गर्न लागिएको युवा उद्यमी मञ्च रुपन्देहीका पूर्व अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य सुमोदमान सैंजुले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ३६ बजे

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक