२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कांग्रेस १४ औँ महाधिवेशन : सभापतिको मतगणना बिहान पौने ४ बजेदेखि शुरू



बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणना ढिलो गरी शुरू भएको छ ।

मंगलवार बिहान २ बजेदेखि शुरू गर्ने भनिएपनि मतगणना बिहान पौने ४ बजेमात्रै शुरू भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको मतदान करिब १२ घण्टापछि ११:४५ मा सकिएको थियो ।

बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस निर्वाचन समितिका अनुसार ४ हजार ६ सय ७९ मत खसेका छ । ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ६४ जनाले मतदान गरेका छैनन् ।

सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ४३ बजे

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध