४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस मतगणना अपडेट : २ हजार मत गनियो, देउवाको अग्रता, पछ्याउँदै कोइराला



काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।

हालसम्म २ हजार ६ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ९१२ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ७२६ मत पाउँदा प्रकाशमान सिंहको १७१, विमलेन्द्र निधिको ११७ र कल्याण गुरुङको ७ मत छ ।

सोमबार मतदान भएकोमा आज बिहान पौने चार बजेबाट राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । मतदानमा ६४ जना अनुपस्थित भएका थिए ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ५९ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा