१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता ल्याउने काममा गठबन्धन : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन् ।

संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलका नेतासमेत रहेका ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप लगाए ।

मंगलबार दिउँसोदेखि चल्न लागेको संसदको हिउँदे अधिवेशन चल्न नदिने गरी आफ्ना सांसदलाई सम्बोधन गर्दै उनले एमालेमाथि सभामुखले अपराध गरेको भन्दै पार्टीले लिएको रणनीतिअनुसार प्रस्तुत हुन निर्देशन दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले अपराध गरेको बताएका उनले निर्वाचन आयोग पनि एमाले विभाजनमा सहभागी भएको आरोप लगाए ।

देशलाई प्रतिगमनतिर जानबाट रोक्नुपर्ने भन्दै उनले भने, ‘देश अलिकति प्रतिगमनतिर गएको छ । रोक्नुपर्छ । देशमा प्रतिगामी सरकार छ । प्रतिगामी, दिशाहिन, फोहोरी र अपवित्र पाँच दलीय गठबन्धन छ । कांग्रेसको महाधिवेशन उद्घाटनमा सार्वजनिक अभिव्यक्तिले पनि देशलाई प्रतिगमनतिर लैजान खोजेको बुझिन्छ ।’

देशमा स्थायित्व, अग्रमन, विकास र समृद्धिलाई रोक्न अस्थिरता निम्त्याउन गठबन्धन सक्रिय रहेको भन्दै उनले यसका लागि एमालेविरुद्ध उनीहरू उत्रिएका छन् ।

‘एमालेमाथि प्रहार गर्ने काम भइरहेको छ । विभिन्न रंगका प्रतिगामी तत्वहरू एमालेविरुद्ध लागेका छन्,’ ओलीले भने, ‘एमाले उपलब्धीको रक्षा गरेर बस्नेछ । यसका लागि आफूलाई तयार गरेर राख्नुपर्छ ।’

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ०७ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी