१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कांग्रेस महाधिवेशन : ठूला मान्छेहरू सरसर्ती भित्र छिरे, बिरामी छु भन्दै हात जोड्दा जान पाइँन-धनमन्तीदेवी



काठमाडौं । नेपाली कांग्रेसकाे जारी १४ औँ महाधिवेशनमा प्रतिनिधि हुन पाउँदा सर्लाहीकी ६० वर्षीया धनमन्तीदेवी यादवकाे मनमा खुसीको सीमा नै थिएन । उनी २४ मंसिरकाे बिहानै काठमाडौं आइपुगिन् ।

पहिलाे चरणकाे मतदान पनि साढे ५ घण्टा लाइनमा बसेर करिब ५० मिनेट लगाएर गरिन् । तर, पहिलाे चरणको मतदानबाट सभापति टुङ्गिएन । दाेस्राे चरणकाे मतदान हुने भयाे । म‌ंगलबार दिउँसाे ३ बजेदेखि मतदान हुने भनेपछि उनले अघिल्लो दिन साढे पाँच घण्टा लाइनमा बसेकाे सम्झिन् । अनि छिट्टै गरी लाइनमा बस्न भनेर सवा १ बजे सभागृह आइपुगिन् । तर, उनलाई धेरैले उछिनिसकेका थिए ।

साढे डेढ घण्टा लाइनमा बसिन्, तर मतदान गर्ने पालाे त परकाे कुरा सभागृहकाे मुख्य प्रवेशद्वारबाट भित्र छिर्न समेत पाइनन् । लाइनमा बस्दाबस्दै उनलाई एक्कासि टाउकाे दुख्याे, चक्कर लाग्याे । उनी ढलिन् ।

`लाईनमा बस्दाबस्दै ढलेँ । त्यसपछि पानी खाएँ अनि एकछिन बसेँ । अलिक सन्चाे भएजस्ताे भयाे,´ उनी भन्छिन् । उनी मधुमेह र मुटु राेगबाट पीडित रहिछन् । त्यसैले भिडभाडमा लामाे समयसम्म उभिँदा सन्चाे हुन्न । बिरामी भए पनि उनकाे मन मतदान नगरी फर्कन मानेन ।

`म पहिल्यैदेखि राेगी छु । आज लाइनमा ढलेपछि बिरामी हुँ भन्दै लाइन नबसी भित्र छिर्न खाेजेँ । प्रहरीहरूलाई हात जाेडेँ । तर, हाम्रो कुरा कसले सुन्ने ?,´ उनले भनिन् ।

बिरामी हुँ भनेर पटकपटक उनले सुरक्षाकर्मीहरूलाई भित्र छिर्न दिन अनुरोध गरे पनि छिर्न पाइनन् । त्यसपछि उनी दिक्क हुँदै सुरक्षाकर्मीहरूकै आडमा चिसाे भुइँमा थचक्क बसिन् । उनी त्यहीँ बसिरहँदा थुप्रै भीभीआईपीहरू सरसर्ती भित्र छिरे । तर, उनी छिर्न पाइनन् । अनि उनकाे मन कुँडियाे । चित्त दुख्याे ।

`ठूला मान्छेलाई सजिलै भित्र छिर्न दिने, लाइन बस्न नपर्ने । बिरामीलाई भने भित्र छिर्न दिनुस् भनेर हात जाेड्दा पनि नदिने´, उनी दु:ख मान्दै भन्छिन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ०५ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा