१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

कांग्रेस महाधिवेशन : ठूला मान्छेहरू सरसर्ती भित्र छिरे, बिरामी छु भन्दै हात जोड्दा जान पाइँन-धनमन्तीदेवी



काठमाडौं । नेपाली कांग्रेसकाे जारी १४ औँ महाधिवेशनमा प्रतिनिधि हुन पाउँदा सर्लाहीकी ६० वर्षीया धनमन्तीदेवी यादवकाे मनमा खुसीको सीमा नै थिएन । उनी २४ मंसिरकाे बिहानै काठमाडौं आइपुगिन् ।

पहिलाे चरणकाे मतदान पनि साढे ५ घण्टा लाइनमा बसेर करिब ५० मिनेट लगाएर गरिन् । तर, पहिलाे चरणको मतदानबाट सभापति टुङ्गिएन । दाेस्राे चरणकाे मतदान हुने भयाे । म‌ंगलबार दिउँसाे ३ बजेदेखि मतदान हुने भनेपछि उनले अघिल्लो दिन साढे पाँच घण्टा लाइनमा बसेकाे सम्झिन् । अनि छिट्टै गरी लाइनमा बस्न भनेर सवा १ बजे सभागृह आइपुगिन् । तर, उनलाई धेरैले उछिनिसकेका थिए ।

साढे डेढ घण्टा लाइनमा बसिन्, तर मतदान गर्ने पालाे त परकाे कुरा सभागृहकाे मुख्य प्रवेशद्वारबाट भित्र छिर्न समेत पाइनन् । लाइनमा बस्दाबस्दै उनलाई एक्कासि टाउकाे दुख्याे, चक्कर लाग्याे । उनी ढलिन् ।

`लाईनमा बस्दाबस्दै ढलेँ । त्यसपछि पानी खाएँ अनि एकछिन बसेँ । अलिक सन्चाे भएजस्ताे भयाे,´ उनी भन्छिन् । उनी मधुमेह र मुटु राेगबाट पीडित रहिछन् । त्यसैले भिडभाडमा लामाे समयसम्म उभिँदा सन्चाे हुन्न । बिरामी भए पनि उनकाे मन मतदान नगरी फर्कन मानेन ।

`म पहिल्यैदेखि राेगी छु । आज लाइनमा ढलेपछि बिरामी हुँ भन्दै लाइन नबसी भित्र छिर्न खाेजेँ । प्रहरीहरूलाई हात जाेडेँ । तर, हाम्रो कुरा कसले सुन्ने ?,´ उनले भनिन् ।

बिरामी हुँ भनेर पटकपटक उनले सुरक्षाकर्मीहरूलाई भित्र छिर्न दिन अनुरोध गरे पनि छिर्न पाइनन् । त्यसपछि उनी दिक्क हुँदै सुरक्षाकर्मीहरूकै आडमा चिसाे भुइँमा थचक्क बसिन् । उनी त्यहीँ बसिरहँदा थुप्रै भीभीआईपीहरू सरसर्ती भित्र छिरे । तर, उनी छिर्न पाइनन् । अनि उनकाे मन कुँडियाे । चित्त दुख्याे ।

`ठूला मान्छेलाई सजिलै भित्र छिर्न दिने, लाइन बस्न नपर्ने । बिरामीलाई भने भित्र छिर्न दिनुस् भनेर हात जाेड्दा पनि नदिने´, उनी दु:ख मान्दै भन्छिन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ०५ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ