१ पुस २०८२, मंगलबार | December 16, 2025

कालिका माविमा पुष १ गतेबाट खेलसप्ताह



बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता २०७८ हुने भएको छ । विद्यालयको ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस १ गतेबाट ७ गतेसम्म खेल सप्ताह हुने भएको हो ।

मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि प्राध्यापक दिनेश थापाले तयारी पूरा भएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्रछात्रा गरि दुई विद्यामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए । छात्रछात्रा गरि ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिस वलीले बताए । कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु ६० जना प्रशिक्षकहरु सहभागी हुने छन ।

यसैगरि सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी लगायतसमेत हुने छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सल्लाहकार समिति सदस्य घनश्याम पाठक, सदस्य नित्यानन्द ज्ञवाली, सदस्य महेन्द्र थापाले समुदायको सहकार्य र शिक्षक कर्मचारीहरुको मेहनतकै कारण नमुना विद्यालय बन्न सफल भएको बताए । विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक, कर्मचारी गरि ३ सय २० जना
रहेका छन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : २१ बजे

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज