१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

डब्लूएचओ भन्छ :- ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक



एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गरेका छन् । ओमिक्रोन नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उनले बताए ।

‘अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्यासित संक्रमण दर वास्तवमै चिन्ताजनक छ,’ उनले भने ।

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वंयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उनी अहिले आइसोलेसनमा छन् ।

ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : २७ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै