४ पुस २०८२, शुक्रबार | December 20, 2025

महरा र पुनको अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न सकस, दुबैले च्यापे आ-आफ्ना मान्छे



बुटवल । नेकपा (माओवादी केन्द्र)का दुई नेताकाे स्वार्थ बाँझिदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेकाे छैन ।

पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नाे मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेकाे हाे ।

महराले तुलसीराम पुन र वर्षमानले सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका हुन् । तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन् । महराले गत निर्वाचनमा साेही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए । बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए ।

बराल गुल्मीका भए पनि उनको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग छ । माओवादीका तत्कालीन नेता रामबहादुर थापा ‘बादल’सँग निकट मानिने उनी पनि थापा एमालेमा गएपछि दाेधारमा परेका थिए । तर, वर्षमानकै जोडबलमा माओवादीमै रहे । लुम्बिनी प्रदेशमा यसअघि ओनसरि घर्ती अध्यक्ष हुँदा बरालकाे हालिमुहाली थियाे ।

उपाध्यक्ष, सचिवलगायतका पदमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रदेशको नेतृत्वमा सहमति नभए यसको टुंगो केन्द्रले लगाउने छ ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय हुनेछ । २१७ जनाको नाम टुंगो लागिसकेको र बाँकी ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

ती ११ जना भने मनोनीत गर्ने व्यवस्था छ । बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको