२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी, घोषणा हुन बाँकी



काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

४३९० मत गन्दा गगन २८२३ मत ल्याएका छन् भने विश्वप्रकाशले १८२४ मत पाएका छन्।

तेस्रो स्थानमा प्रकाशशरण महत रहेका छन् । उनले अहिलेसम्म १४५५ ल्याएका छन् । त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १३०३ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत ल्याएका छन् ।

थापाले अहिलेसम्म ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । उनले सभापति शेरबहादुर देउवालेभन्दा बढी मत पाएका छन् ।

महाधिवेशनमा कुल मत ४६७९ खसेको छ । ४३९० गन्दा अहिलेसम्म थापा र शर्मा अग्रस्थानमा रहेको छ । अब यो मन्तान्तर अनुसार अरु प्रत्यासीहरुले थापा र शर्मालाई उछिन्न सक्ने अवस्था छैन । उनीहरु विजयी भएको घोषणा गर्न भने बाँकी छ । सबै मतपरिणाम आएपछि निर्वाचन आयोगले उनीहरुलाई विजयी घोषणा गर्ने छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ३ : ३५ बजे

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच