२२ भदौ २०८३, सोमबार | September 8, 2026

माओवादी केन्द्र लुम्बनी प्रदेशको अध्यक्षमा सुदर्शन बराललाई ल्याउने सहमति



बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समिति अध्यक्षमा सुदर्शन बराललाई ल्याउने सहमति भएको छ ।

सम्मेलन सकिएको चार दिनपछि बिहीबार दिउँसो बराललाई अध्यक्ष बनाउन सर्वसम्मत सहमति जुटेको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

अध्यक्षमा सहमति भए पनि अन्य पदहरुको भने टुंगो लगाइएको छैन । पदाधिकारीका आकांक्षी धेरै भएकाले पार्टीको केन्द्रीय सम्मेलनपछि टुंगो लगाउने सहमति भएको जिसीले बताए ।

पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आफू अनुकूलका व्यक्ति प्रदेशको नेतृत्वमा ल्याउन चाहेकाले प्रदेशको नेतृत्व चयनमा सहमति हुन सकेको थिएन । अन्तिममा नेताहरु प्रदेशका पूर्व सामाजिक विकासमन्त्री रहेका गुल्मीका नेता बराललाई अध्यक्षमा ल्याउन सहमतिमा पुगेका हुन् ।

अध्यक्षमा सहमति भए पनि नाम सार्वजनिक अन्य पदाधिकारीको टुंगो लागेपछि मात्रै हुने जिसीले बताए । नेता बरालले भने अध्यक्षमा आफ्नो नाममा सहमति भएको तर औपचारिक घोषणा भने सबै पदाधिकारी टुंगिएपछि मात्र हुने बताए ।

दाङको भालुवाङमा २५-२६ मंसिरमा सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २१७ जना निर्विरोध निर्वाचित गरेको थियो । त्यही समितिले गुल्मीका नेता बरालको नाम टुंगो लगाएको हो । तर यसको लिखित निर्णय भने अझै भइनसकेको बरालले बताए । नेता बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत भएका हुन् । उनी पुननिकट मानिन्छन् । लुम्बिनी प्रदेश अध्यक्षका लागि रोल्पाका दिपेन्द्र पुन र दाङका हेमराज शर्माले पनि दावी गरेका थिए । तर उनीहरु २१७ जनामा नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।

माओवादी केन्द्रको बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार