२६ बैशाख २०८१, बुधबार | May 8, 2024

माओवादी केन्द्र लुम्बनी प्रदेशको अध्यक्षमा सुदर्शन बराललाई ल्याउने सहमति



बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समिति अध्यक्षमा सुदर्शन बराललाई ल्याउने सहमति भएको छ ।

सम्मेलन सकिएको चार दिनपछि बिहीबार दिउँसो बराललाई अध्यक्ष बनाउन सर्वसम्मत सहमति जुटेको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

अध्यक्षमा सहमति भए पनि अन्य पदहरुको भने टुंगो लगाइएको छैन । पदाधिकारीका आकांक्षी धेरै भएकाले पार्टीको केन्द्रीय सम्मेलनपछि टुंगो लगाउने सहमति भएको जिसीले बताए ।

पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आफू अनुकूलका व्यक्ति प्रदेशको नेतृत्वमा ल्याउन चाहेकाले प्रदेशको नेतृत्व चयनमा सहमति हुन सकेको थिएन । अन्तिममा नेताहरु प्रदेशका पूर्व सामाजिक विकासमन्त्री रहेका गुल्मीका नेता बराललाई अध्यक्षमा ल्याउन सहमतिमा पुगेका हुन् ।

अध्यक्षमा सहमति भए पनि नाम सार्वजनिक अन्य पदाधिकारीको टुंगो लागेपछि मात्रै हुने जिसीले बताए । नेता बरालले भने अध्यक्षमा आफ्नो नाममा सहमति भएको तर औपचारिक घोषणा भने सबै पदाधिकारी टुंगिएपछि मात्र हुने बताए ।

दाङको भालुवाङमा २५-२६ मंसिरमा सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २१७ जना निर्विरोध निर्वाचित गरेको थियो । त्यही समितिले गुल्मीका नेता बरालको नाम टुंगो लगाएको हो । तर यसको लिखित निर्णय भने अझै भइनसकेको बरालले बताए । नेता बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत भएका हुन् । उनी पुननिकट मानिन्छन् । लुम्बिनी प्रदेश अध्यक्षका लागि रोल्पाका दिपेन्द्र पुन र दाङका हेमराज शर्माले पनि दावी गरेका थिए । तर उनीहरु २१७ जनामा नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।

माओवादी केन्द्रको बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : २० बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई