२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस १४ औं महाधिवेशन : पाँच सहमहामन्त्रीको टुंगो आज लाग्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ ।

विभिन्न क्लस्टरअनुसार भएको सहमहामन्त्री पदको परिणामको आउने क्रम जारी छ । आठ समूहमध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । बाँकी पाँच क्लस्टरको मत गणना आज गरिने निर्वाचन समितिले जनाएको छ ।

आजको मत गणनासँगै पदाधिकारीको टुंगो लाग्नेछ । पदाधिकारीको टुंगो लागेपछि मात्र केन्द्रीय सदस्यको मतगणना सुरु हुने जनाइएको छ । आज हुने गणनाबाट खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरबाट सहमहामन्त्रीहरु चुनिनेछन् ।

खस आर्यतर्फ देवराज चालिसे (शेखर पक्ष) र किशोर सिंह राठोर (देउवा पक्ष) उम्मेदवार रहेका छन् । त्यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे (शेखर पक्ष) र जीवन ब शाही (देउवा पक्ष) बीच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी, मधेशी तर्फ देउवा पक्षका महेन्द्र यादव र शेखर पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै मुस्लिमतर्फ फर मुल्लाह मन्सुर (देउवा पक्ष) र शेख वकील (शेखर पक्ष) प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी चुनावी प्रतिस्पर्धामा छन् ।

हिजो भएको मतगणनाबाट महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन् । दलित समूहमा शेखर पक्षका जीवन परियार विजयी भएका छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । त्यसैगरी, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी बनिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ५१ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै