२४ श्रावण २०८३, आइतबार | August 9, 2026

सुध्रिएन मानव अधिकारः दाङमा मात्र ६० बालिका यौन हिंसामा



दाङ । दाङमा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको पाइएको छ । ईन्सेक दाङले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को घटना विवरणको समीक्षा कार्यक्रममा अवस्थामा सुधार आउन नसकेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

गएको एक वर्षमा जिल्लाभरमा भएका विभिन्न आपराधिक कार्यसँगै मानव अधिकारका घटनालाई सार्वजनिक गर्दै ईन्सेकले सबैभन्दा धेरै बलात्कारजन्य घटना भएको जनाइएको छ ।

ईन्सेकका प्रतिनिधि जेएन सागरका अनुसार बितेको एक वर्षमा कूल २ सय २२ वटा घटना भएको र त्यसमा २ सय ४ जना महिला पीडित भएका छन् । अर्को तर्फ ३ वर्षदेखि १४ वर्षसम्मका ६० जना बालिका यौनहिंसामा परेका छन् ।

ती बालिका घर परिवार, आफन्त, छिमेकी र चिनेजानेकैबाट यौनहिंसामा परेको ईन्सेकको भनाई छ । प्रतिवेदनमा ६९ वटा बलात्कार, २५ वटा बलात्कार प्रयास, तीन वटा यौन दुर्व्यवहार, पाँच वटा गैरकानुनी हिरासत, ९० वटा घरेलु हिंसा, चार वटा बन्दहडताल, ६ वटा दुर्व्यवहार, दुई वटा धम्की, बहुविवाह, बोक्सी आरोप र मानव बेचबिखनका एक एकवटा घटना अभिलेखीकरण भएको छ ।

गत वर्ष ८९ बलात्कार घटनामा ९२ जना महिला पीडित भएका थिए भने ५१ जना बालिका रहेका थिए । मानव अधिकार सञ्जालका सदस्य चन्द्रराज पन्तको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका प्रतिनिधिले नागरिक अधिकार प्रति सबै सजक र सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ०४ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु