१८ माघ २०८२, आइतबार | February 1, 2026

विसंगत



बालविवाह
महिलाको अभिसाप
विसंगत राप

हेमन्तको कण्टकमय चीसो प्रभात । छाउ गोठमा जाडोले कामिरहेकी बिरामी लछिमा–अइअ,हुँहुँ…।
गोठतिर झाँक्दै सासु कर्कली–“एइ बैकुण्ठे,तेरी जोई गोठाँ अहिलेसम्म सुतिराछे । उठा जा । रक्सीमातको ह्याङ्गओभरको धङधङिमा खुट्टाहल्लाउदै बैकुण्ठे –
“एइ उठ रण्डी,अहिलेसम्म मरिराछेस ?मकै पिन्याखोइ ?घाम झुल्किन लागिसक्यो गाई भैंसीलाई घाँस हाल्या पनि छैन कुँडो बसाल्यानि छैन ।”

बिरामी लछिमा–“ऐअ मरेँ । ह्याँआफूलाई जाडो र ज्वरोले मर्नु भएकोछ । बिरामी हुँदानि सुख नपाउने ,कस्तो निर्दयी दुष्टसंग जोडा बनाइ दिएछन् भगवानले, मलाई हँ.हँ..हँ..अ‍ैइअ । जे गर्छौ गर,म सक्तिन ।”

लछिमा विवाह, एघार बर्षको उमेरमा पन्द्र बर्षको किशोर बैकुण्ठबहादुर खत्रीसंग वैवाहिकबन्धनमाबाँधिएर अहिलेको जड्याहा बैकुण्ठेको घरमा प्रबेश गरेकीथिई । समजातीय इष्टको घरमा । कुलबहादुर थापादम्पतिले सांस्कारिक चलनको पालनागर्दै मासिक नहुँदै माइली छोरी लछिमालाई बिहे गरी पठाएका थिए ।

झ्याईँ झ्याईँ बाद्यको कर्तल ध्वनी । कर्मघर पसेदेखि बुहारी र स्वास्नीहुनुको नाताले उपहास,अपयशको थुप्रोमा अभ्यस्तबुहार्तन । पीडामय जिन्दगी ।दुःखैदुखमाव्यतीत भैरहेको लछिमाको निरस यौवन ।०००००

निरीह ससुराको मौन आवाज । कर्कसा सासुको काँडा जस्ता शब्दहरु र चट्याङ जस्ता आवाज । दरुवालोग्नेको नियमित प्रताड्नाबाट घायल जिन्दगी घिसार्दै दुई छोरीकीआमा लछिमा प्रकृतिले नारीलाई दिएको मासिक धर्म “छुई” भएपछि छाउगोठ पन्छिएकी लछिमाले पुषको जाडो धकेल्न घर परिवारबाट प्राप्तभएको लुगा केवल एउटा पछ्यौरालाई जाडोले जितेपछि निउमोनियाज्वरोले थिचीरहेको बेलानिर्दयी,निर्विवेकी जड्याहा बैकुण्ठेले काममा जा भनेर धकेकिरहेको थियो,उपचारको सट्टा धम्कीदिँदै ।

देवर नाता पर्ने स्वर्ण मास्टरको भाउजुको अवस्था देखेर एकजना बैद्यका साथमा टुप्लुक्क उपस्थितभयो । र उनको दयापूर्ण बौद्धिकता यसरी बल्यो–

“के गरेको दाई बिरामीभाउजुलाई यस्तो ठाउँमा राख्नुहुन्छ ?अझै काममाधकेल्दै हुनुहुन्छ । तपाईको चौबीसघण्टे जाँडले विवेक हराइदिएछ । त्यसैले आफनो जीवन साथीभाउजुलाई पशुतुल्यबनाउनु हुन्छ । हेर हेर ! यस्तो गोठमा परालमाथि एउटा पछ्यौराको भरमा जाडामा सुताइदिनुहुन्छ । निधार छाम्दै–ज्वरो पनि आएछ भाउजुलाई ।शायद निमुनिया पनि भएको हुनसक्छ । ”
प्रतिवादमा बैकुण्ठेको मूर्खतागज्र्यो –“छुइ भएकी आइमाइलाई छाउगोठमा नराखेर तेरा घरमा लगेर राख्ने त ?छुई नहो भन् न त ।

बिरामी हेरिदिन आग्रह गर्दै स्वर्ण मास्टर–
“भाउजुलाई एकफेरा हेरिदिनुस त बैद्य बाजे । ”

बिरामीको नाडी छामेर बैद्य–“उहाँलाई निमुनिया भैसकेकोछ । छिटै ओखतीनगरे ज्यान रहनेछैन । रजस्वला हुदैमा यस्तो जाडोमा यसरी विना पर्याप्त लुगा गोठमा सुताईदिनु ठीक होइन । घरैमा एकछेउमा सुते नि हुनेहो जस्तो लाग्छ मलाई ।”
बैकुण्ठेको सनक–“छुईभकिलाई घरमा सुताउने भन्ने ? कस्तो कुरा ग¥या तिम्यारुले ?”
विर्को लागेको दिमागमा बौद्धिक जल सेँचनगर्दै स्वर्ण–“एकछिन मेरो कुरा सुन वैकुण्ठ दाई, रुखमा फूल नफुले दाना लाग्दैन हो ?अनि रुख बुढो भएपछि फूल फुल्नपनि छोड्छ र अन्ततः सुकेर ढल्छ हो ?”

एकछिन घोरिदै बैकुण्ठ–“के भन्छ यो ?त्यो त रुख बिरुवाको कुरा भयो । मान्छेका कुरा लगेर काँ जोडेको ?

स्वर्ण–“यस्ता गहिरो कुरा तिमी बुझ्दैनौ । किनभने जाँडले तिम्रो बुद्धि विर्को लगाएको छ । सुन, नारीहरुको लागि प्रकृतिले दिएको यो फूल बुढी नहुन्जे सम्म फुलिरहन्छ । जब यो फूल फुलिरहन्छ ,तबसम्म बच्चाको जन्महुने सम्भावना भैरहन्छ । यही प्रकृयालाई हिन्दु मान्छेहरु छि छि दूरदूर गरेर चरम बिभेद गर्छन् । यो चरम अज्ञानता हो । असभ्यताहो । कुरा बुझ्ने सभ्य,सुशिक्षित समाजले यस्तो विसंगत व्यवहार नगरेर पनिभएकै हुन्छ त । खै उनीहरुको घरमा अनिष्ट भएको सुनिदैन त खै ?

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ४७ बजे

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा