७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

आज किरात समुदायले उधौली पर्व मनाउँदै



काठमाडौं । आज किरात समुदायले धुमधामका साथ उधौली पर्व मनाउँदै छन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउने गर्छन् ।

आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने प्रचलन रहेको छ । बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने चलन छन् ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने गर्छन् । घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने गरिन्छ ।

जाडो याम सुरु भएपछि उधौली याम प्रारम्भ भएको मानिन्छ । पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको मानिन्छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ०४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल